उर्लाबारी।

मोरङको उर्लाबारी वडा नम्बर ९ ले यहाँस्थित महाराज आधारभूत विद्यालयलाई ‘बाल कक्षा मन्टेश्वरी पठनपाठन सामाग्री’ मा बिनियोजन भएको रकमबाट विविध सहयोग गरेको छ ।
आज विद्यालयमा एक कार्यक्रमका बिच वडा अध्यक्ष नरबहादुर मोक्तानले विद्यालयलाई विबिध समाग्री सहयोग हस्तान्तरण गर्नुभयो । 

वडाले विद्यालयलाई प्लाष्टिकको कुर्सी २० थान,चकटी २० थान, बुक कर्नर २ थान, साउण्ड सिस्टम १ थान,प्लाष्टिकको घोडा ५ थान, भलिवल सेट १ थान र पजल बोर्ड ४ थान सहयोग गरेको हो ।

यस्तै, विद्यालयलाई टेबुल टेनिस १ थान,जिओ वोर्ड ३ थान,स्किपिङ १० थान र आठ सिटे घुम्ने पिङ १ थान प्रदान गरिएको हो । उक्त समाग्री वडा अध्यक्ष नरबहादुर मोक्तानले विद्यालयका प्रधानाध्यापक डम्बर श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

विद्यालयका प्रअ श्रेष्ठले निक्कै दुख सन्चालन भईरहेको आफुहरुको विद्यालयलाई वडाको सहयोग मिलेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यस्ता सहयोगले शैक्षिक उन्नतीमा टेवा पुग्ने विश्वास ब्यक्त गर्दै भन्नुभयो, वडा अध्यक्षले वडाको तर्फबाट मात्र नभएर आफ्नो व्यक्तिगत पहलबाट पनि उल्लेखनिय सहयोग जुटाईदिनुभएको छ ।

कार्यक्रमका प्रमुख अथितीले वडा अध्यक्ष मोक्तानले विद्यार्थीको पढाई सुधार गर्नका लागि विद्यालयमात्र नभएर अभिभावक पनि उत्तिकै जिम्मेवारी हुनुपर्ने बताउनुभयो।
उहाँले सुरु देखी नै आफ्ना वालबालिकाहरुलाई राम्रो लगानी र ख्याल गर्न गर्नसके पछिको भविष्य उज्वल हुने बताउनुभयो ।

उहाँले आफ्नो वडाको सामुदायिक विद्यालयको आकर्षण बढाउन आर्थिक बर्ष ०८०÷०८१ का लागि वडा स्तरीय कार्यक्रम अन्तर्गत सामाजिक बिकास कार्यक्रम मार्फत ‘बाल कक्षा मन्टेश्वरी पठनपाठन सामाग्री’ सहयोग गरिएको बताउनुभयो । एक फरक प्रशंगमा वडा अध्यक्ष मोक्तानले विद्यालय सबैको साझा फुलबारी भएको बताउनुहुँदै राजनिती गर्ने थलो नबनाउन आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालयलाई नगद १० हजार सहयोग गर्नुहुने शान्ति श्रेष्ठलाई विद्यालयले सम्मान गरेको थियो । उहाँ विद्यालय व्यवस्थापन समितीको सदस्य पनि हुनुहुन्छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष राजन प्रसाद घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्य गणेश किम्दाङ,प्रकाश कन्दङ्वा, बिमला पोमु, वडा सचिव योगराज दाहाल, विद्यालयका पूर्व प्रअ पशुपति नाथ बुढाथोकी, टोलबिकास अध्यक्ष खगेन्द्र ढुङ्गाना, विद्यालयका पूर्वअध्यक्ष कृष्ण बाँनिया लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन शिक्षिका सुनिता अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय