उर्लाबारी, साहित्यकार दिलिप राई सगरको गीतीसंग्रह साईमा स्यामुना विमोचन भएको छ ।
नेपाली साहित्य समाज उर्लाबारीको आयोजनामा सनिवार उर्लाबारी नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा गीतकार तथा साहित्यकार तिलिप राई सगरको ५ औ कृति गीतीसग्रह साईमा स्यामुनाको विमोचन गरिएको हो ।


नेपाली साहित्य समाज उर्लाबारीका अध्यक्ष योग्य परिश्रमीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गीतकार केशव आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथि शिवशंकर थापाले पानसमा बत्ती बालेर उद्घाटन गरेको कार्यक्रममा मुन राज शेर्मा ,जेवी थुलुङ , आचार्य प्रभा कृष्ण उदासी भूषण हुमागाई ,बालचन्द्र सुब्बा कृष्ण बराल बिराट किराँती लगायतका साहित्यकारहरु द्वारा कृतीको विमोचन गरिएको थियो ।


किराँती सभ्यता झल्कने पुरुष एकल र महिला एकल रहेका ८० वटा गीतमा आन्तरिक शब्दहरुको स्वाद पाईने लेखक तथा साहित्यकार दिलिप राई सगरले बताए । कार्यक्रमा मुनराज शेर्मा केशव आचार्य लगायताका स्रष्टाहरुले शुभकामना दिएका थिए भने नेपाली साहित्य समाज उर्लाबारीले सम्मान समेत गरेको थियो । कार्यक्रमको संचालन भने दधिराम ढकालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय