उर्लाबारी १० असाेज
माेरङकाे उर्लाबारी ७ मा रहेकाे श्री देविस्थान दुर्गा मन्दिरकाे खुल्ला प्राङ्गणमा विपन्न २५ जनालाई फाइबर सिरक वितरण गरिएको छ ।
उर्लाबारी ७ का मनकारी कार्की परिवारका सदस्य छत्रबहादुर कार्कीद्वारा उनकी स्वर्गीय श्रीमती मन्जु कुमारी कार्कीको छैठौं पुन्य तिथिको अवसर पारेर बिहिवार बिपन्न परिवारलाई सिरक बितरण गरिएकाे हाे ।


यस अघि पनि उर्लाबारी क्षेत्रका आर्थिक अवस्था कमजोर भएका विद्यार्थी तथा बिपन्न बर्गलाई पटकपटक सहयोग गर्दै आएको सो परिवारले यस पटक पनि न्यायो सिरक बितरण गरेको छ । ` मैले आर्जेकाे केही आफ्नै कमाइबाट मैले सक्ने प्रत्येक वर्ष यही तिथि पारेर कार्यक्रम गरेकाे हाे आगामी वर्षहरुमा पनि निरन्तर रहने´ मनकारी छत्र कार्कीले बताए । त्यस्तै कार्यक्रममा केशव कार्की, शिद्धिविनायक गणेश मन्दिरका अध्यक्ष अम्बिका गाैतम र देविस्थान दुर्गा मन्दिका अध्यक्ष राजन रायमाझी लगायतले मन्तव्य राखेका थिए ।उर्लाबारी नगरपालिका वडा नम्बर ७ कि वडाध्यक्ष उर्मिला थापाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको अध्यक्षता समाजसेवी केशव कार्कीले गरेका थिए भने कार्यक्रम संचालन निराेज तिमल्सिनाले गरेका थिए । कार्यक्रममा अग्रज पत्रकार दुर्गा प्रसाद भट्टराईलाई नगद सहित सम्मान समेत गरिएको थियो ।

