उर्लाबारी । मोरङ जिल्लाको उर्लाबारी-२ मा हात्तीको झुण्डले किसानको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। स्थानीय सक्षम भण्डारी, हरि मगरलगायतका किसानको पाक्न लागेको धानबाली हात्तीको ठुलो बथानले नष्ट गरेको हो।
हात्तीको बथानले धानबाली खाएर र खुट्टाले कुल्चेर नष्ट पारेपछि किसानहरू चिन्तित बनेका छन्। २०-२२ को संख्यामा आएको हात्तीको समूहले किसानहरूको सबै प्रयासलाई निष्क्रिय पार्दै खेतमा प्रवेश गरेको थियो। किसानहरू रातभर जाग्राम बसी भाँडाकुँडा बजाउँदै हात्तीलाई भगाउने प्रयास गरेका थिए, तर उनीहरूको प्रयास असफल भयो।
उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेलले हालसम्म क्षतिको यकिन तथ्यांक संकलन भइरहेको बताएका छन्। उनले ठूलो संख्यामा हात्ती आएपछि स्थानीयको प्रयासले काम नगर्ने र हात्तीले लगातार धानमा क्षति पुर्‍याउने गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय