“उर्लाबारी परिवार हङकङको आयोजनामा  शुभकामना सांगीतिक साँझ” कार्यक्रममा उर्लाबारीका पूर्व नगरप्रमुख खड्ग फागो प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।  कार्यक्रममा ख्यातीप्राप्त कलाकारहरू डम्बर नेपाली, दीपक लिम्बू, र मेचु धिमालले सांगीतिक प्रस्तुति दिनेछन्। सांगीतिक कार्यक्रम कार्तिक १० गते (अक्टोबर २६) मा हङकङमा आयोजना हुने छ।

आयोजक समितिका सदस्य राजा तामाङका अनुसार, कार्यक्रमको उद्देश्य नेपाली चाडपर्वको अवसरमा हङकङमा रहेका नेपालीहरूबीच भेटघाट, शुभकामना आदानप्रदान, र सांगीतिक मनोरञ्जन प्रदान गर्नु हो।

उर्लाबारीका प्रथम मेयरका रूपमा खड्ग फागोको उपस्थिति कार्यक्रमलाई विशेष महत्व दिनेसँगै, सांस्कृतिक एकता र हर्षोल्लासमा आधारित यस कार्यक्रमले नेपाली समुदायलाई एक ठाउँमा ल्याउने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय