उर्लाबारी । उर्लाबारी इटहरा रोडमा भाडामा बस्दै आएकी मिक्लाजुङ-४ घर भएकी १९ कि बबिता राईले आत्महत्या गरेकी छन्। हाल घटनास्थलमा शवको मुचुल्का उठाउने कार्य भइरहेको छ। घटनाको थप जानकारी र कारणहरू हालसम्म खुल्न नसके पनि प्रहरी अनुसन्धान जारी रहेको छ।
स्थानीयले बताए अनुसार युवती केही समयदेखि उर्लाबारीस्थित भाडाको घरमा बस्दै आएकी थिइन्। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि पठाइने इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले जानकारी दिएका छन्। आत्महत्याको कारणबारे थप खुलासा हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय