उर्लाबारी । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलमाथि सोमबार नगरपालिका परिसरमै हातपात भएको छ ।
नगरप्रमुख खरेलमाथि उर्लाबारी नं. ७ का ४८ बर्षीय मिलन भण्डारीले हातपात गरेका हुन् । हातपात गर्ने भण्डारीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिइसकेको छ । भण्डारीले नगरप्रमुखमाथि किन हातपात गरेका हुन् भन्ने बिषय खुल्न नसकेको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । भण्डारीलाई मंगलबार अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रहरीले तयारी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय