एसईई परीक्षामा मधेस प्रदेशमा सबैभन्दा धेरै अनुत्तीर्ण पर्सा, मधेस प्रदेश – यस वर्षको एसईई परीक्षामा पर्सा जिल्लाले लज्जास्पद नतिजा प्राप्त गरेको छ। मधेस प्रदेशमा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएका जिल्लामा पर्सा पहिलो स्थानमा रहेको छ। पर्सा जिल्लामा परीक्षा दिएका ९ हजार ३३८ जना विद्यार्थीहरूमध्ये मात्र ५५२ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यो संख्या प्रतिशतमा ५.९० प्रतिशत हो। बाँकी ९४.०९ प्रतिशत अर्थात् ८ हजार ८८७ जना विद्यार्थी ननग्रेडमा परेका छन्। यो लज्जास्पद नतिजाले पर्सा जिल्लामा शिक्षा प्रणालीको गुणस्तर र परीक्षामा विद्यार्थीहरूको तयारीमा गम्भीर प्रश्न उठाएको छ। शिक्षा विभाग र सम्बन्धित अधिकारीहरूले यो अवस्थालाई सुधार गर्न ठोस कदम चाल्नु आवश्यक देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय