८ साउन। फुटबलको सर्वोच्च निकाय फिफाले उत्तर अमेरिकामा हुने विश्वकपका लागि टिकट बिक्री सेप्टेम्बर १० बाट चरणबद्ध रूपमा सुरु हुने जनाएको छ।
फिफाले २०२६ मा मेक्सिको, संयुक्त राज्य अमेरिका, र क्यानडामा आयोजना हुने विश्वकपका लागि टिकट खरिद प्रक्रिया सेप्टेम्बर १० बाट सुरु हुने घोषणा गरेको छ। खेल हेर्न चाहने समर्थकहरूलाई फिफाको वेबसाइटमार्फत आफ्नो रुचि औपचारिक रूपमा दर्ता गर्न आग्रह गरिएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले एक विज्ञप्तिमा जारी गर्दै क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिका संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो र भव्य खेलकुद प्रतियोगिता आयोजना गर्न गइरहेका छन्, र हामी उत्तर अमेरिकामा फेरि विश्वलाई स्वागत गर्न आतुर रहेको जानकारी दिएका छ्न । साथै सम्पूर्ण फ्यानहरूलाई तयारी गर्न पनि प्रोत्साहित गरेका छन ।
फिफाले टिकट कसरी सार्वजनिक गरिनेछ भन्ने विस्तृत जानकारी भने दिएको छैन। तर जानकारी अनुसार सेप्टेम्बर १० मा पूर्व-दर्ता गरेका फ्यानहरूलाई टिकट खरिद गर्न पहिलो मौका आवेदन दिन सक्ने व्यवस्था हुनेछ।
टिकट बिक्री प्रक्रिया १० सेप्टेम्बर २०२५ देखि सुरु भएर १९ जुलाई २०२६ आइतबारको फाइनल खेलसम्म विभिन्न चरणहरूमा सञ्चालन हुनेछ।
हरेक चरणमा खरिद प्रक्रिया, भुक्तानीको तरिका र टिकटको प्रकार फरक हुन सक्छ, र प्रत्येक चरणको विस्तृत जानकारी आगामी महिनाहरूमा सार्वजनिक गरिनेछ।
विश्वकपको उद्घाटन खेल सन् २०२६ जुन ११ मा मेक्सिको सिटीमा हुनेछ भने समापन खेल जुलाई १९ मा न्यु जर्सीमा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय