१७ साउन । पलेशा गोबर्धनले मलेसियामा भएको दसौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा शुक्रबार कास्य पदक जितेकी छन्।
मलेसियाको कुचिङमा जुलाइ २४ देखि अगष्ट १ तारिखसम्म भएको प्रतियोगितामा पलेशाले के–४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कांस्य जितेको हुन । पलेशा पेरिस पाराओलम्पिकको ऐतिहासिक कास्य विजेता पनि हुन । हाल चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यत्तैबाट प्रतियोगितामा सहभागी हुन मलेसिया पुगेकी थिइन्।
नेपालको तर्फबाट यस प्रतियोगितामा ५ जना खेलाडीले सहभागिता जनाएका थिए ।
पुरुष ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमिर भ्लोन तथा महिला ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय