उर्लाबारी ९ को वडा कार्यालयबाट दक्षिण जाने बाटो कालोपत्रे गरिएपछि सडकको गुणस्तर मापन गरिएको छ । प्राविधिकहरुले कोर कटिङ गरी गुणस्तर जाँच गरेका हुन् । उर्लाबारी नगर अनुगमन समितिकी संयोजक तथा नगर उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी, वडाध्यक्ष नरबहादुर मोक्तान, इन्जिनियर पोखराज साहलगायतको उपस्थितिमा कोर कटिङ गरी गुणस्तर जाँच गरिएको हो ।

