उर्लाबारी ,

मोरङको उर्लाबारी नगरपालिकाको रोजगार सेवा केन्द्र रेमी परियोजना को प्रबिधी हस्तान्तरण कार्यक्रम बिहिबार सम्पन्न  भएको छ । उर्लाबारी नगरपालिकाको रोजगार सेवा केन्द्र रेमीले संचालन गरेको  उध्यमशिलता तालिम लिएर  ब्यवसाय गरिरहनु भएका १५ जना वैदेशिक रोजगार बाट फर्केका व्यक्ति तथा परिवारलाई ब्यवसाय सुरुवाती सहयोग अन्तरगत प्रबिधि तथा पशुधन सहयोग गरेको हो  । आज आयोजित एक कार्यक्रम बिच उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगा प्रसाद खरेलले तालीममा सहभागीहरुको माग अनुसार घाँस काट्ने मेसीन २ वटा, मसला पीस्ने मेसीन, फ्रीज, फेसीयल गर्ने उपकारण, ठेला गाडी, कीमा बनाउने मेसीन, डीजीतल तराजु, रिक्सा, ग्रेन्डर मेसीन, मःम पकाउने भाडो, ४ आदी उपकरण सहित सुगुरका पाठा लगायत वितरण  गर्नु भएको थियो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय