लीला अनमोल
अधुरै हुनेछ त्यो प्रेम जहाँ प्रेमीले उसको आँखाको पानी बुझ्दैन मुटु जोडेर गरेको मायाको खानी बुझ्दैन समस्याहरुलाई बोकेको एक जिन्दगानी बुझ्दैन जसरी हिउँले पग्लन छोडेपछि चट्टान बन्छ म त्यस्तै चट्टान बनुँला तिम्रो अघि पीरका बाछिटाहरू छेकेर हृदयबाट खुसीको मात्र बाटो खनुँला तिम्रो अघि नभनेरै पनि कुनै दु;खद घटनाहरू तिमीलाई म माया गर्न सक्नेछु बुझ प्रेमकै बलिदानीमा एक दिन मर्न सक्नेछु बुझ रुखले पाउलिन बिर्सेर झरेको पातजस्तो भरोसा भुलेर भूइँमा झरुँला बरु उर्लेर आएको दु:खको गहिरो नदी एक्लै तरुँला बरु तर तिमी नआत्तिनु त्यसरी मेरो दु:खको कथा सुनेर सत्य बोलेर अक्सर सम्बन्ध टुट्नु भन्दा म नबोलेरै सम्बन्ध जोगाउने कोसिस गर्नेछु तर यति सम्झ मेरो प्रिय मान्छे मेरो श्वासको प्रत्येक ढुकढुकीले तिम्रै मायाको नाम जप्नेछ युगौँयुग।

