उर्लाबारी । मिक्लाजुङ गाउपालिका वड़ा नं २ स्थित कुईनेटारमा बिहिवार सम्पन्न वार्षिक साधारणसभामा संचार क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने ४ जना पत्रकारलाई सम्मान गरिएको छ ।


सम्मानित हुनेहरूमा संचार क्लब पत्रकारिता सम्मान तथा पुरस्कारबाट संस्थाका संस्थापक अध्यक्ष दुर्गा प्रसाद खतिवडा
लिला तथा गोमा आचार्य समृति पत्रकारिता पुरस्कारबाट घनश्याम भण्डारी , दाताराम पद्मावती खतिवडा स्मृति पत्रकारिता
पुरस्कारबाट हरि कोईराला साथै दुर्गाराज पोमु लिम्बू स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सरोज बस्नेत लाई सम्मानित गरिएको हो ।


सम्मानित संचारकर्मीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउपालिकाका अध्यक्ष बबिकुमार राई र अक्षयकोषका दाताहरु जयधर्म आचार्य दुर्गा प्रसाद खतिवडा र लोलिम पोमु लिम्बूले दोसल्ला सहित नगद र सम्मानपत्र प्रदान गरेका थिए।
यस अधि जनही नगद ५ हजार पुरस्कार राशी रहेको पुरस्कार यसपटकबाट अक्षयकोष स्थापना गारि जनहीं १० हजार प्रदान गरिएको क्लबका अध्यक्ष कुमार खड्काले बताए ।
कार्यक्रममा क्लबका महासचिव तिलक नेपालीले प्रगति प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष ईश्वर दूलालले आर्थिक
प्रतीवेदन पढ़ेर सुनाएका थिए।


आन्तरिक पर्यटन प्रवर्द्धनको उ्देश्यले नुनसरी खोलाको किनारमा वनभोज सहित आयोजित साधारणसभामा क्लबका अध्यक्ष
कुमार खड़काको सभापतित्व रहेको थियो भने कार्यक्रम सन्चालन महासचिव तिलक नेपालीले गरेका थिए।

