उर्लाबारी ,

उर्लाबारी ७, स्कुल डाडा स्थित द्वन्द पीडित स्वरोजगार तालिम केन्द्रले संचालन गरेको दुई महिने सिलाई कटाई तालिमको समापन गरेको छ। उर्लाबारी नगरपालिकाको सहयोग तथा द्वन्द पीडित स्वरोजगार तालिम केन्द्र नेपाल उर्लाबारीको आयोजनामा संचालन भएको उत्त दुई महिने सिलाई कटाई तालिम केन्द्रमा १९ जना द्वन्द पिडित महिलाहरुले भाग लिएका थिए । उर्लाबारी नगरपालिका वडा नं ७ मा अवस्थित शिवालय मन्दिरमा सोमबार आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा उर्लाबारी नगर पालिकाका उप प्रमुख मिना खितिवडा पौडेलले द्वन्द पिडितका परिवार प्रती उर्लाबारी नगर पालिकाको सधै साथ र सहायोग रहने बताउनु भयो ।


द्वन्द पीडित स्वरोजगार तालिम केन्द्र नेपालका अध्यक्ष केदार सिटौलाको सभापतित्वमा सम्पन्न भएको समापन समारोहका अतिथि तथा सामाजिक अभियान्ता जय धर्म आचार्यले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा उर्लाबारीमा बसोबास गर्ने ८ जना सहिदका परिवारलाई नगरकी उप प्रमुख मिना खतिवडा पौडेल द्वारा दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको संचालन भने केन्द्रका सचिव भिम बहादुर राउत गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय