उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालय की छात्रा मनिका लामिछानेलाई नगदसहित सम्मान गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष लोलिम पोमु (लिम्बू)ले एस.ई.ई. २०८२ मा उर्लाबारी नगरपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा हासिल गर्दै ४ जीपीए ल्याउन सफल छात्रा मनिका लामिछानेलाई नगद रु. ५ हजार प्रदान गर्दै सम्मान गर्नुभएको हो।
उक्त अवसरमा पोमुले मनिकाको सफलता विद्यालय, परिवार तथा समग्र उर्लाबारीकै गौरव भएको बताउँदै आगामी अध्ययन यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले मेहनत, अनुशासन र निरन्तर प्रयासले सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट नतिजा सम्भव रहेको उदाहरण मनिकाले प्रस्तुत गरेको उल्लेख गर्नुभयो।
मनिका लामिछानेले हासिल गरेको ४ जीपीए नतिजाले विद्यालय परिवारमा खुशीको वातावरण सिर्जना गरेको छ। विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीयवासीले समेत उनको सफलताको प्रशंसा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय