मिक्लाजुङको सान, मधुमल्लाको पहिचान” भन्ने नारासहित नवदिप युवा क्लबको आयोजनामा दोस्रो संस्करणको मधुमल्ला कप फुटबल प्रतियोगिता २०८३ सञ्चालन हुने भएको छ ।
प्रतियोगिताबारे जानकारी दिन मिक्लाजुङ गाउँपालिका–७ स्थित प्रस्तावित मिक्लाजुङ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष देउमान लामाले यही वैशाख १९ गतेदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो ।
आयोजकका अनुसार प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीका ८ वटा चर्चित क्लबहरूको सहभागिता रहनेछ। प्रतियोगितालाई थप आकर्षक बनाउन विजेता टोलीका लागि प्रथम पुरस्कार रु. १ लाख ११ हजार १ सय ११ र उपविजेताका लागि दोस्रो पुरस्कार रु. ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ।

कार्यक्रमका संयोजक युवराज तामाङ र आर्थिक संयोजक मिलन माखिमका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब रु. ५ लाख लागत अनुमान गरिएको छ । दोस्रो पुरस्कारका लागि गाउँपालिकाले सहयोग गर्ने जनाएको छ भने अन्य आवश्यक खर्च व्यवस्थापनका लागि देश तथा विदेशमा रहेका सहयोगीहरूलाई आर्थिक सहयोगको आव्हान गरिएको छ ।
आयोजकले प्रतियोगितामार्फत स्थानीय खेल प्रतिभाको विकास, युवामा खेलप्रतिको आकर्षण वृद्धि तथा मिक्लाजुङ क्षेत्रको पहिचान स्थापित गर्ने उद्देश्य राखिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय