बेलबारी । मोरङको बेलबारी ३ मा रहेको खबतरी बस्नेत धार्मिक स्थल (बन क्षेत्र ) मा स्थानीयका ८ वटा खसी मृत भेटिएका छन ।
बेलबारी ४ का स्थानीय किसानहरुले चरणका लागि छोडेका खसीहरु बिहिबार बन क्षेत्रभित्र मृत अबस्थामा भेटिएपछि उनीहरुले सो घटनाको छानबिनको माग गरेका छन । बन क्षेत्रमा बिषालु खानेकुरा राखेर खसीहरु मारिएको आशंका गर्दै उनीहरुले घटना छानबिनको माग गरेका छन ।
सोही घटनाका बिषयमा बेलबारी वडा नम्बर ४ का अध्यक्ष चन्द्र लिम्बुले घटनाबारे किसानहरुले आफुलाई जानकारी गराएको र जनप्रतिनिधि त्याँहा गएर बुझिसकेको र थप छलफल पछि बिस्तृत कुराहरु बाहिर आउने जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय