उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको शनिबार सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । प्रारम्भिक मतपरिणाममा पछाडि परेका अध्यक्ष पदका उम्मेद्वार मेघराज श्रीपालीले १ हजार १ सय ८६ मतगणना हुदा १ सय ३ मतअन्तरले अग्रता बनाएका छन् । आईतबार बिहान ८:२० बजे सार्वजनिक गरिएको मतपरिणामअनुसार उनले ४ सय ४३ मत प्राप्त गरेका छन् ।

उनलाई दिपेन्द्र धिमालले ३ सय ४० मतका साथ पछ्याईरहेका छन् । यस्तै अध्यक्ष पदका अर्का उम्मेद्वार महेन्द्र कार्की २सय ८७ मतका साथ तेस्रो स्थानमा छन् ।

संस्थाको नया कार्यसमिती चयनको लागि हिजो सम्पन्न मतदानमा १ हजार ६ सय ५२ मत खसेको थियो । अब मतगणना हुन ४ सय ६६ मत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय