उर्लाबारी, साउन १ उर्लाबारी उद्योग वाणिज्य संघको आगामी भदौंमा हुने निर्वाचनमा मोरङको उर्लाबारी–७ का व्यवसायी दशरथ यादव बेचनले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
वर्तमान कार्यसमिति सदस्य समेत रहेका यादवले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
बेचनले उर्लाबारी–७ मा ऊँ कोल्ड सेन्टर सञ्चालन गर्दै आएका छन् र स्थानीय व्यवसायीहरूबीच आफ्नो परिचय र विश्वासलाई मजबुत बनाएका छन्। उनले उर्लाबारी उद्योग वाणिज्य संघमा व्यवसायीहरूको हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यादवको उम्मेदवारीसँगै उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा थप चहलपहल देखिएको छ। व्यवसायीहरूबीच प्रतिस्पर्धा र सहयोगको भावनालाई थप बलियो बनाउने उद्देश्यले यादवको उम्मेदवारीलाई स्वागत गरिएको छ।

