उर्लाबारी
बुधबार काठमान्डौमा भएको विमान दुर्घटनामा परी निधन भएकाहरु तथा बस दुर्घटनामा परि निधन भएकाहरुको सम्झनामा सुक्रबार उर्लाबारी चौकमा शोक सभा गरिएको छ ।
अस्ति विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराको लागि उडान भरेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ठूलो धनजनको क्षतिप्रति नेपाल विद्यार्थी संघ उर्लाबारी नगर समितिले सुक्रबार साँझ उर्लाबारी चोकमा मैनबति बालेर मृतकको आत्माको चीर शान्तिको कामना गरेको छ । 

नेपाल विद्यार्थी संघको आयोजनामा आज साँझ ७ बजेबाट शुरु भएको शोक सभामा नेपालीकाग्रेस उर्लाबारी नगर कमिटीका सभापति सुरेन्द्र लिम्बु , नेपाल विद्यार्थी संघ उर्लाबारी नगर समितीका सभापति अर्बिन्द घिमिरे, उर्लाबारी वडा न नौ का वडाध्यक्ष नर बहादुर मोक्तान , तारामान सेरीङ लगायत स्थानिय समाजसेवीको उपस्थिति रहेको थियो ।
चोकमा आयोजना गरिएको सो कार्यक्रममा हार्दिक श्रद्धाञ्जली लेखिएर मैनबति बालिएको थियो भने पचासौंको संख्यामा उपस्थित भएकाहरुले दीप प्रज्वलन गरी मौन धारण गरेका थिए ।
विमान दुर्घटना र बस दुर्घटनामा परि ठूलो सख्यामा निधन भएकाहरुको सम्झनामा चीर शान्तिको कामना गरिएको र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभका कामना गरिएको तरामान सेरीङले बताए ।
बुधबार विमान दुर्घटनामा परी १८ जनाको ज्यान गएको थियो भने एक जना गम्भिर घाईते भएका थिए । यस्तै गत असार २८ गते चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सिमल तालमा आएको लेदोसहितको पहिरोले दुई वटा बस त्रिशुली नदीमा खस्दा ६५ जना यात्रु वेपत्ता भएका थिए भने ३ जना बाँच्न सफल भएका थिए । उनीहरुको खोजी र उद्धार कार्य जारि रहेको छ ।

