दिलिप पोखरेल

१२ साउन/ उर्लाबारी
आगामी भदौ ८ र ९ गते हुन लागेको उर्लाबारी उद्योग वाणिज्य संघको ३६ औँ चुनावी साधारण सभामा नेकपा एमाले समर्थक व्यवसायीहरुको तर्फबाट राम थापालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेद्वार चयन गरिएको छ ।

शनिबार सम्पन्न नेकपा एमाले उर्लाबारी नगर कमिटी सचिवालयको बैठकले व्यवसायीहरुको पक्षमा काम गर्न सक्ने संघका पूर्व महासचिव थापालाई सर्वसम्मत अध्यक्षको उम्मेद्वार बनाउने निर्णय भएको नगर कमिटी अध्यक्ष गंगाप्रसाद बाँस्तोलाले जानकारी दिए ।

नगर अध्यक्ष बाँस्तोलाको अध्यक्षतामा एमाले समर्थक व्यवसायी सम्मीलित बैठकले थापालाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

यस्तै सो बैठकले संघको महासचिव पदमा सम्झना खतिवडालाई समेत सर्वसम्मत उम्मेद्वार घोषणा गरेको संघका वर्तमान सदस्य नितम चौहानले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय