उर्लाबारी
उर्लाबारी वडा नम्बर ५ का नि:शुल्क स्वास्थ्य ल्याब सेवा सुचारु भएको छ । बुधबार वडा कार्यालयमा आयोजित ल्याब स्वास्थ्य प्रयोगशाला सुभारम्भ कार्यक्रममा सो सेवा सुचारु गरिएको हो ।
बुधबार उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिना खतिवडा पौडेल र निमित्त प्रमुख प्रशासकिय अधिकृत शालिग्राम काफ्लेले स्वास्थ्य प्रयोगशाला (ल्याब) सेवाको शुभारम्भ गरेका थिए ।
सो ल्याबको उद्घाटन गर्ने क्रममा नगर प्रमुख खरेलले नागरिकको स्वास्थ्यप्रती आफुहरू संवेदनशील रहेको भन्दै उच्च मनोबलका साथ जनतालाई भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई अनुरोध गरे । यस्तै उनले सो सेवा विस्तारको प्रशंसा गर्दै चाडै नै अन्य वडामा समेत सो सेवा संचालन गरिने बताए ।
यता वडाध्यक्ष रविन लामाले आधारभूत स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्रबाटै नागरिकलाई सेवा प्रदान गर्ने उद्धेश्यले वडा कार्यालयले उक्त ल्याब सेवा सुरु गरेको बताए । नागरिकले पहिलो सेवा लिने ठाउँ नै वडा कार्यालय हो, वडाध्यक्ष लामाले भने,”वडाबाटै गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने तथा ल्याब सेवाको पहुँच अभिवृद्धि गर्न वडाका सबै जनप्रतिनिधि लागिपरेका छौँ ।”
यस्तै उनले वडामा ल्याब सेवा सुरु भएपछि ५ नम्बर वडाका साथै छिमेकी वडाहरु १, ४ र ६ नम्बरका नागरिकलाई समेत सहजता हुने बताए ।
यसैबिच वडामा सो सेवा सुरु भएसँगै उर्लाबारी नगरपालिकाका वडामा रहेका आधारभुत स्वास्थ्य केन्द्रमा ल्याब सेवा सुरु गर्ने वडा नं. ५ पहिलो वडा बनेको छ ।
यता वडाको आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख राजकुमार पोख्रेलकाअनुसार वडाको स्वास्थ्य केन्द्रमा प्राथमिक परिक्षण गरिने र थप परिक्षण गर्नुपरेमा अन्य अस्पतालमा रिफर गरिनेछ ।
यसैबिच वडाध्यक्ष लामाले वडाले बुधबारदेखी सुरु गरेको सो ल्याब आधुनिक प्रविधिको उच्च गुणस्तरीय डी ग्रेडको एनलाईजर मेसीनबाट सेवा प्रदान गर्ने भएतापनि सेवा दिईने कोठाको क्षेत्रफल प्रयाप्त नभएको बताउदै सो सेवालाई ई ग्रेडमा र्याङ्कीङ गरिएको जनाए ।
यस्तै उनकाअनुसार सो ल्याबमा १९ प्रकारमा विभिन्न जाँचहरु नि:शुल्क रुपमा आईतबार, सोमबार र मंगलबार गरि हप्तामा तिन दिन मात्र सेवा प्रदान गरिनेछ । ” वडामा प्रयाप्त जनशक्ति नभएकोले दैनिक सेवा दिन सकिदैन । यद्यपी आगामी भदौदेखी नया जनशक्ति नियुक्त गरि सेवा प्रदान गरिनेछ ।” वडाध्यक्ष लामाले भने,” अब चाडै हामी वडामै नि:शुल्क रुपमा एक्स- रे सवा समेत उपलब्ध गराउनेछौँ ।”
वडाको आधारभूत स्वास्थ्य केन्द्रका संचालक समिती सदस्य अर्जुन घिमिरेले संचालन गरेको सो कार्यक्रममा
स्वागत मन्तव्य स्वास्थ्य केन्द्रका प्रमुख राजकुमार पोख्रेलले राखेका थिए ।
वडाध्यक्ष लामाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडासदस्यहरु देवीकला राई, विनोद धिमाल, सुरेश आचार्य र राममुमारी विकसहित नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश खड्का, वडाका १० वटै टोल विकास समिती अध्यक्ष र सचिव, वडास्तरीय महिला संजालकी अध्यक्ष र सचिवलगायतको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय