२१ साउन/ उर्लाबारी
उर्लाबारीस्थित राधिका माध्यमिक विद्यालयका शिक्षक गोपाल राईको निधन भएको छ । दमक नगरपालिका वडा नम्बर २ निवासी राईको आईतबार बेलुका विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचारको क्रममा निधन भएको परिवारस्रोतले जनाएको छ ।
फोक्सो र पेटको आन्द्रासम्बन्धी रोगबाट ग्रसित ५९ वर्षिय राईको हिजो राती करिव ९:५५ बजे उपचारको क्रममा निधन भएको हो ।
असामयिक निधन हुनुभएका शिक्षक गोपाल राईप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा यो दु:ख धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौँ

