आगामी भदौँ ९ गते उर्लाबारी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्रगतिशिल साझा उम्मेद्वारहरुले सामुहिक भोट माग्ने अभियानलाई तिब्र पारेको छ । सोमबारदेखी सामुहिक भोट माग्ने कार्यक्रम सुरु गरेको राम बहादुर थापा नेतृत्वको प्रगतिशिल साझा समुहले आज उर्लाबारी चोकदेखी ५ र ६ नम्बर हाटखोलासम्मका व्यवसायीसँग भोट मागेको हो । सो क्रममा प्रगतिशिल साझा समुहका उम्मेदवारहरुले व्यवसायीहरुका सुझाव र प्रतिक्रिया लिएका थिए । कुनै आन्तरिक राजनीतिक विवाद नभई एमाले समर्थक व्यवसायीको तर्फबाट एकताबद्ध भएर भोट मागेकाले पनि प्रगतिशिल साझा समुहका उम्मेद्वारलाई हौसला बढेको छ । प्रगतिशिल साझा समुहका उम्मेद्वारलाई हौसला बढाउन आज एमाले उर्लाबारीका इञ्चार्ज समेत रहनु भएका कोशी प्रदेशसभा सदस्य माननिय उमाकान्त गौतम पनि सहभागी हुनु भएको थियो । प्रगतिशिल साझा समुहका प्रचारप्रसार संयोजक डिल्ली खतिवडा, सदस्य रविन लामा र नितम चौहानसहितको नेतृत्वमा व्यापारीहरुसँग भोट मागिएको हो ।

