उर्लाबारी, उर्लाबारीमा सम्पन्न माविस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सप्तकोशी आवासीय माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ। सामुदायिक विकास मञ्चको आयोजनामा महारुद्र शिवालय मन्दिर परिसरमा भएको प्रतियोगितामा उर्लाबारीका २१ वटा निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरू सहभागी थिए।

प्रतियोगितामा हिमचुली मावि दोस्रो स्थानमा र पार्लेन्स मावि तेस्रो स्थानमा रहेका छन्। सान्त्वना पुरस्कार राधिका मावि, उर्लाबारी-६, लाई प्रदान गरियो। विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि वडा नम्बर ६ का अध्यक्ष चिन्तामणी पौडेलले नगद र सम्मान पत्रसहित पुरस्कृत गरे।

कार्यक्रमको अध्यक्षता पुस्तकालय संयोजक नारदमणी नेपालले गरेका थिए भने कार्यक्रमको सञ्चालन टीकाराम भट्टराईले गरेका थिए। स्वास्थ्य, शिक्षा, सचेतना लगायतका विभिन्न सामाजिक क्षेत्रमा सक्रिय सामुदायिक विकास मञ्चले आगामी असोज ३ गते उर्लाबारी रन २०८१ को सातौं संस्करण आयोजना गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय