उर्लाबारी । होटल र पार्टी प्यालेसहरुमा तीजको रौनकतासंगै चहलपहल वढेपछि गाउँमा पनि त्यसको प्रभाव पर्न थालेको छ।
तीजको वढ्दो संस्कार र संस्कृतिको चर्को आलोचना भइरहेका बेला विशुद्ध रुपमा तीजको धार्मिक सांस्कृतिक र ऐतिहासिकतालाई जोगाउनुपर्छ भन्ने सन्देश दिंदै उर्लाबारी -९ मा मंगलबार महिला दिदीवहिनीहरुले तीज मनाएका छन् । 
वडा नं.९ का वटा टोल विकास संस्था र महिला समूहका महिला दिदीवहिनीहरु भेला भएर मनाएको सो तीज विशेष कार्यक्रम प्रदेश सांसद शोभा चेम्जोङ पालुङ्गाको प्रमुख आतिथ्यता रहेको थियो। उर्लाबारी नगरपालिकाकी उप प्रमुख मीना कुमारी खतिवडा पौडेलको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको सो अवसरमा प्रमुख अतिथि पालुङ्गा, नगरपालिकाकी उपप्रमुख पौडेल , ८ का वडा अध्यक्ष कुलबहादुर कार्की , ९ नं वडा अध्यक्ष नरबहादुर मोक्तान लगायतले शुभकामना मन्तव्य राखेका थिए। ९ नम्बर वडाको आर्थिक सहयोगमा राना टोल महिला विकास समूह तीज विशेष समितिले सो कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा विभिन्न जातजातिका महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियोे ।

