उर्लाबारीमा लामो समयदेखि अलपत्र रहेको एकीकृत कृषि बजार अब संचालनमा आउने भएको छ। उर्लाबारी नगरपालिका वडा नं. ६ स्थित पुरानो हाटखोलामा १ करोड ४३ लाख ५ सय १८ रुपियाँको लागतमा निर्माण भएको यो बजार एक वर्षदेखि प्रयोगविहीन अवस्थामा थियो। अब उर्लाबारीका ५, ६, र ७ वडामा छरिएका फलफूल र तरकारी पसलहरूलाई एकै स्थानमा राखेर व्यवस्थित गर्न लागिएको हो।

यस बजारको व्यवस्थापन र सञ्चालनका लागि वडा सदस्य मानबहादुर धिमालको संयोजकत्वमा सात सदस्यीय बजार व्यवस्थापन समिति गठन गरिएको छ। समितिका सदस्यहरूमा दुर्गावती सुब्बा, टिकराम राई (बाजहाङ), विशाल तामाङ, मायादेवी तामाङ, र बेनु दुलाल रहेका छन्।

उर्लाबारी वडा नं.६ का वडाध्यक्ष चिन्तामणी पौडेलको कार्यकक्षमा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। यस पहलले उर्लाबारी क्षेत्रका कृषि व्यवसायीहरूलाई एकीकृत बजारको सुविधा प्रदान गर्ने विश्वास गरिएको छ।

उर्लाबारीका किसान तथा व्यवसायीहरूले यस निर्णयलाई सकारात्मक रूपमा लिएका छन् र यसले कृषि उत्पादनको विक्री वितरणलाई सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय