२२ भदौ /उर्लाबारी
उर्लाबारी वडा नम्बर २ डुम्रेकी २९ वर्षिया सरस्वती मगरको अल्पायुमै निधन भएको छ ।

मृगौला रोगबाट पिडित मगरको शुक्रबार राती करिव १०:१० बजे माईती घरमा निधन भएको छ । लेटाङ नगरपालिका वडा नम्बर ५ घर भई हाल माईती घरमै बस्दै आएकी मगर विगत २ वर्षदेखी
मृगौला फेल भई उपचाररत रहेकी थिईन्।
उनको ५ महिना अगाडी मात्रै धरानस्थित घोपामा डायलोसिस गरिएको परिवारले जनाएको छ।

यता मगरको निधन भएसँगै उनको एक छोराको विचल्ली भएको छ । वडा नम्बर २ स्थित सुनपकुवा माविमा कक्षा ७ मा अध्ययनरत १२ वर्षिय उनको छोरा अभिभावकविहिन बनेका छन् । मगरको श्रीमान समेत ५ वर्षअघी परिवारसँग सम्पर्कविहिन भई हराईरहेको बताईएको छ ।

उनको धार्मिक संस्कार अनुसार शनिबार १०:३० बजे उर्लाबारीस्थित बक्राह घाटमा सदगद गरिने परिवारस्रोतले जनाएको छ ।

असामयिक निधन हुनुभएकी मंगलबारेकी चेली सरस्वती मगरप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय