उर्लाबारी नगरपालिका – २ को सिरुझारस्थित तेली खोलामा ट्रस पुल निर्माण हुने भएको छ । सो ठाउँको सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय आउन र जान समस्या हुँदै आएको छ ।


सो विद्यालयको पूर्वपट्टि तेलि खोलामा ट्रस पुल निर्माणका लागि प्रक्रिया सुरु गरिएको छ । आईतबार पूर्वाधार विकाश कार्यालय, मोरङका इञ्जिनियर सहित कोशी प्रदेश सांसद् उमाकान्त गौतमले सो ठाउँको स्थलगत निरीक्षण गर्नुभएको छ । विद्यार्थीसहित स्थानीयबासीलाई आवत–जावत गर्न समस्या हुँदै आएकाले ट्रस पुल निर्माण गर्ने सांसद् गौतमले बताउनु भयो । २३ मिटर लम्बाई र डेढ मिटर चौडाईको ट्रस पुल निर्माणका लागि प्रक्रिया अघि बढाईएको इञ्जिनियर नविनकुमार देवले बताउनुभयो । सो पुल निर्माणका लागि कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा १० लाख रुपैया बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय