ऋषिकेश खनाल
मोरङ, उर्लाबारी – राधिका मावि उर्लाबारीमा शिक्षक संघका पदाधिकारीलाई सम्मान गरीएको छ ।
नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरी, महासचिव ज्ञानेन्द्र रावल, कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईं, केन्द्रीय सदस्य लीला भण्डारी, र झापा जिल्ला अध्यक्ष टी.एन. दहाललाई आज सोमबार उर्लाबारीस्थित राधिका मावि विद्यालयमा विशेष कार्यक्रमका साथ सम्मान गरिएको छ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै शिक्षण पेशाको महत्व र शिक्षकहरूको हकहितको लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो। साथै, स. प्र. अ. रुद्रप्रसाद न्यौपानेले खादा लगाएर अतिथिहरूलाई सम्मान गर्नुभएको थियो।
शिक्षक संगठन मोरङका अध्यक्ष प्रेमप्रसाद भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षकहरूको हकहितको लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उर्लाबारी शिक्षक संघका नगर अध्यक्ष चुडामणी नेपालले शिक्षकहरूको आवद्धता शुल्क र संघीय शिक्षा ऐनबारे आफ्नो विचार प्रस्तुत गर्नुभयो।
शिक्षक ऋषिकेश खनालले संघीय शिक्षा ऐन, शिक्षकहरूको बढुवा प्रक्रिया लगायतका विषयमा आफ्नो धारणा राख्दै शिक्षकहरूको अधिकार र पेशागत उन्नयनको सुनिश्चितताका लागि कानूनी व्यवस्थाहरू आवश्यक रहेको बताउनुभयो।
उक्त कार्यक्रममा रा. मा. वि. उर्लाबारी ७ का प्रधानाध्यापक सुवासचन्द्र सापकोटा, शिक्षक महासंघका केन्द्रीय प्रतिनिधि भोला पोखरेल, उर्लाबारी शिक्षक संघका महासचिव डिल्ली दहाल, सुनपकुवा माविका शिक्षक नारायण चौलागाईं लगायत शिक्षकहरूको उपस्थिति थियो।
केन्द्रीय अध्यक्ष सोमनाथ गिरीले आफ्नो सम्बोधनमा आउँदो हिउँदे अधिवेशनमा संघीय शिक्षा ऐन पारित हुने र शिक्षकहरूको बढुवा प्रक्रिया अनिवार्य रूपमा १०-१० वर्षमा हुने व्यवस्था गरिने बताउनुभयो। उहाँले शिक्षक महासंघमा संगठनहरूको प्रतिनिधित्व निकट भविष्यमा हुने र महासंघलाई अझै मजबुत ढंगले अघि बढाउन सबैले योगदान दिनुपर्नेमा जोड दिनुभयो।
महासचिव र प्रदेश अध्यक्षले पनि कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षकहरूको हकहित र संघीय संरचनाभित्रको सुधारको आवश्यकताबारे आफ्नो धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमलाई संक्षिप्त रुपमा सम्पन्न गरियो भने उक्त अवसरमा सहभागी सबैले शिक्षकहरूको अधिकार र पेशागत सुरक्षाका लागि निरन्तर लड्ने संकल्प व्यक्त गरेका थिए।नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरी, महासचिव ज्ञानेन्द्र रावल, कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईं, केन्द्रीय सदस्य लीला भण्डारी, र झापा जिल्ला अध्यक्ष टी.एन. दहाललाई आज सोमबार उर्लाबारीस्थित राधिका मावि विद्यालयमा विशेष कार्यक्रमका साथ सम्मान गरिएको छ।
शिक्षक संगठन मोरङका अध्यक्ष प्रेमप्रसाद भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षकहरूको हकहितको लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उर्लाबारी शिक्षक संघका नगर अध्यक्ष चुडामणी नेपालले शिक्षकहरूको आवद्धता शुल्क र संघीय शिक्षा ऐनबारे आफ्नो विचार प्रस्तुत गर्नुभयो।
कार्यक्रमलाई संक्षिप्त रुपमा सम्पन्न गरियो भने उक्त अवसरमा सहभागी सबैले शिक्षकहरूको अधिकार र पेशागत सुरक्षाका लागि निरन्तर लड्ने संकल्प व्यक्त गरेका थिए।

