ऋषिकेश खनाल
मोरङको उर्लाबारी-६ स्थित राधिका माध्यमिक विद्यालयमा सोमबार पूर्व विद्यार्थी समाजद्वारा सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 
विद्यालयका संस्थापक प्रधानाध्यापक बद्रीनाथ खतिवडाको प्रमुख आतिथ्यतामा र समाजका अध्यक्ष प्रा. डा. इन्द्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व विद्यार्थी र शिक्षकबीच भेटघाट, छलफल, र अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा उर्लाबारी नगरप्रमुख गंगाप्रसाद खरेल, प्रदेश सभा सदस्य उमाकान्त गौतम, पूर्व सांसद पर्तमान धिमाल, वी.व्य.स. अध्यक्ष लोलिम पोमु, पूर्व विद्यार्थी डा. हेमसागर रिमाल, प्र.अ. कुमार पोखरेललगायतको उपस्थिति रहेको थियो। संस्थापक प्र.अ. बद्रीनाथ खतिवडालाई विशेष सम्मान गरिएको कार्यक्रममा शिक्षक, पूर्व शिक्षक, र स्काउट सदस्यहरुको पनि सहभागिता रहेको थियो।


