उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उर्लाबारी नगर समितिले संगठन विस्तारको काम तीव्र पारेको छ। पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउनका लागि वडा तहमा अधिवेशन आयोजना गर्दै नयाँ नेतृत्व चयन गरिएको छ।

सोही क्रममा उर्लाबारी वडा नं. २ को अधिवेशनबाट राजेन्द्र धिमाल सभापतिमा निर्वाचित भएका छन्। यसैगरी, सदस्यहरूमा देबेन्द्र कार्की, सुरेन्द्र खनाल, शंकर राई, अमर श्रेष्ठ, नकबहादुर मगर, देबीमाया खतिवडा र दुर्गादेवी श्रेष्ठ चयन भएका छन्।
त्यस्तै, उर्लाबारी वडा नं. ३ को अधिवेशनबाट दिपक थपलिया सभापतिमा निर्वाचित भएका छन्। सदस्यहरूमा कविता गदाली, धनबहादुर राई, भीमबहादुर भण्डारी, अम्बिकाप्रसाद रिजाल, योगेन्द्र थापा, कमलप्रसाद लम्साल र कुमारी दर्जी चयन भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत कँडेलसहितका नेताहरूको उपस्थितिमा संगठन विस्तारका लागि भेलाहरू सञ्चालन भइरहेका छन्। पार्टीले वडा तहसम्म सक्रिय समिति निर्माण गरी संगठनलाई सशक्त बनाउन तत्परता देखाएको छ।
पार्टीको संगठन विस्तार अभियानले स्थानीयस्तरमा नयाँ उत्साह र उमंग थपेको नेताहरूको विश्वास छ।

