उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नं ६ स्थित हाटखोलामा निर्माण गरिएको कृषि बजार अझै सञ्चालनमा आउन सकेको छैन। अव्यवस्थित कृषि बजारलाई एकीकृत गर्ने उदेश्यले कोल्ड स्टोर सहितको ३२ कोठे पक्की भवन निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि सञ्चालन नहुँदा जीर्ण बन्दै गएको छ।
१ करोड ४३ लाख ५ सय १८ रुपियाँ खर्चिएर निर्माण गरिएको संरचना यसरी अलपत्र छोडिनु चिन्ताको विषय बनेको छ ।

सुरुमा कार्यविधि न बनेर सञ्चालनमा ढिलाइ भएको बताईए पनि गत भदौमा कार्यविधि निर्माण भइसकेको छ । कार्यविधि निर्माणसंगै वडा सदस्य मानबहादुर धिमालको संयोजकत्वमा ७ सदस्यीय बजार व्यवस्थापन समिति समेत गठन गरिएको थियो। तर समितिले अझै पनि प्रभावकारी काम गर्न सकिरहेको छैन ।
व्यवस्थित बजार नहुदा कृषकहरु आफना उत्पादन भण्डारण र बिक्री गर्न समस्या भएको बताउछन ।
उनीहरुले कृषि बजार सञ्चालनमा ढिलाइ हुनुमा नगरपालिका र सरोकारवाला निकायहरूको गैरजिम्मेवारीपन रहेको आरोप लगाएका छन्।
स्थानीय निकाय, कृषक, संघ/संस्था तथा सरोकारवाला पक्षबीच छिट्टै छलफल गरी बजार सञ्चालनको प्रक्रिया अघि बढाउनु जरुरी देखिन्छ। अन्यथा, नयाँ संरचना नै जीर्ण हुँदै जाने र करोडौं लगानी खेर जाने निश्चित छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय