उर्लाबारी । मोरङको उर्लाबारीमा प्रदेश स्तरीय खुल्ला नकाउट भलिबल प्रतियोगिता हुने भएको छ । उर्लाबारी नगरपालिकाको सहयोग तथा उर्लाबारी युवा क्लबको आयोजनामा फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर प्रदेश स्तरीय खुल्ला नकआउट भलिबल प्रतियोगिता हुने भएको हो ।
उर्लाबारी ६ राधिका माविको खेल मैदानमा हुने
प्रतियोगितामा कोशी प्रदेशभरिका १० वटा उत्कृष्ट भलिबल टिमले भाग लिनेछन्। प्रथम हुने टोलीले नगद १ लाख १ हजार रुपैयाँ नगद प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीलाई ५५ हजार रुपैयाँ तथा ट्रफी प्रदान गरिनेछ।
आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्लबका अध्यक्ष रोहित थापाले प्रतियोगिता सम्बन्धी जानकारी दिँदै भलिबल खेलको विकास र खेलाडीलाई हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। करिव ६ लाख रुपिया अनुमानित लागतमा हुन लागेको सो प्रतियोगिताका लागि नगरपालिकाले ४ लाख रुपियाँ छुट्टयाई सकेको क्लवका सचिव बेनु दुलालले जानकारी दिए ।

