उर्लाबारी । मोरङको उर्लाबारीमा नि शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नोबेल अस्पताल बिराटनगरको प्रविधिक सहयोग तथा सामुदायिक विकास मञ्च उर्लाबारीको आयोजनामा उर्लाबारी-६ स्थित महारुद्र शिवालय मन्दिरको प्रांगणमा बुधबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
बुधबार भएको शिविरमा ४ सय ५७ जनाले नि:शुल्क स्वास्थ्य परीक्षण गराएका थिए। तीमध्ये जटिल रोग देखिएका ५७ जनालाई थप उपचारका लागि नोबेल अस्पताल बिराटनगरमा रिफर गरिएको मंचका अध्यक्ष प्रेम बोहोराले जानकारी दिनुभयो
प्रमुख अतिथी तथा वडा ६ का वडा अध्यक्ष चिन्तामणी पौडेलले पानस दीप प्रज्वलन गरेर उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता भने सामुदायिक विकास मञ्च उर्लाबारीका अध्यक्ष प्रेम बोहोराले गरेका थिए ।
स्वास्थ्य शिविरमा नोबेल अस्पताल बिराटनगरका मार्केटिङ अफिसर नवीन दाहाल, वडा सदस्यहरू मानबहादुर धिमाल र दुर्गावती सुब्बा, विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूको उपस्थिति रहेको थियो।
शिविरमा उपचार गराएका बिरामीहरूलाई नोबेल अस्पताल बिराटनगरमा थप उपचार गराउँदा २५ प्रतिशत छुटको सुविधा मिलाईएको नोबेल अस्पताल बिराटनगरका मार्केटिङ अफिसर नवीन दाहाल बताए ।
कार्यक्रमका प्रमुख अतिथी चिन्तामणी पौडेलले शिविरमा उपस्थित वडावासीलाई नि शुल्क स्वास्थ्य लाभ लिन अनुरोध गर्नु भएको थियो । मंचका अध्यक्ष प्रेम बोहोराले शिविरमा उपस्तिथित चिकित्सक तथा सर्वसाधारण हरुलाई धन्यवाद दिएका थिए ।

एक दिन सम्म चलेको नि शुल्क स्वास्थ शिविर उद्घाटन कार्यक्रमको सञ्चालन सामुदायिक विकास मञ्च उर्लाबारीका सचिव महेन्द्र बोहोराले गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय