रतुवामाई नगरपालिकाले कृषि क्षेत्रलाई आधुनिक र व्यवसायिक बनाउने उद्देश्यसहित किसानहरूलाई ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिक सामाग्री वितरण गरेको छ।

नगर प्रमुख नागेश्वर प्रसाद सिंह, उप–प्रमुख दमयन्ता देवी चुडाल तथा प्रमुख प्रशासकीय अधिकृत डम्मरु बल्लभ बरालको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा चार वटा कृषि समूहलाई सामूहिक रूपमा कृषि सामग्री हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो।

“कृषि विकास र भौतिक पूर्वाधारको लहर, रतुवामाई नगरपालिकालाई समृद्ध बनाउने हाम्रो रहर” भन्ने मूल नारासहित सञ्चालन गरिएको कृषि यान्त्रिकीकरण प्रवर्द्धन कार्यक्रमअन्तर्गत यो सामग्री वितरण गरिएको हो।

कार्यक्रममा सहभागी किसान समूहले अनुदानमा पाएका उपकरणहरूले खेतीको लागत घटाउने, उत्पादन बढाउने र समय तथा श्रमको बचत हुने विश्वास व्यक्त गरेका छन्। नगरपालिकाले आगामी दिनमा पनि कृषि क्षेत्रमा प्रविधिको पहुँच विस्तार गर्दै किसानलाई थप सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ।

रतुवामाई नगरपालिकाको यस प्रकारको पहलले कृषि आधुनिकिकरणतर्फ सकारात्मक सन्देश दिएको स्थानीयवासी तथा कृषकहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय