उर्लाबारी । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा उर्लाबारीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको स्मरण गर्दै उनको विचार, विशेषतः नारीप्रतिको दृष्टिकोणलाई समेत सन्दर्भित गर्दै श्रद्धापूर्वक स्मरण गरिएको छ।

कार्यक्रममा नगर प्रमुख गंगाप्रसाद खरेल उपप्रमुख मिना खतिवडा पौडेल लगायतका वक्ताहरूले भने, “भानुभक्तले आफ्नो समयमा नेपालीलाई भाषाको सेतुमा जोड्ने काम गरे। उनी कालान्तरमा केही विषयमा आलोचित भए पनि नेपाली भाषा सञ्चार र सरल कविता लेखनको परम्पराको जग उनैले बसाले। आलोचना गर्नु नेपाली शैली नै बन्दै गएको छ, तर यस्तो सम्मानको खडेरीमा उनको योगदानलाई पुनः स्मरण गर्नु हाम्रो दायित्व हो।”

यसै क्रममा नेपाली साहित्य समाज, उर्लाबारीद्वारा प्रकाशित ‘दूबो’ संस्मरण सङ्ग्रहको पनि विमोचन गरिएको छ। विमोचन समारोहमा साहित्यप्रेमी, लेखक, समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले संस्मरण सङ्ग्रहलाई नेपाली साहित्यको क्षेत्रमा थप एउटा महत्वपूर्ण दस्तावेजको रूपमा लिएका छन्।

उक्त समारोहले साहित्यिक चेतना फैलाउन र भानुभक्त आचार्यको योगदानलाई आजको पुस्तासम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजक मिश्र बैजयन्तीले जानकारी दिएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय