२९ साउन। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न तहको संख्या वृद्धि सहित सिट निर्धारणको निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको आयोगको २१औं बैठकले उक्त निर्णय गरेको हो। बैठकले एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णय गरेको छ । यसअघि तोकिएको सिट संख्यामा वृद्धि गर्दै एक सय सिट रहेको एमबीबीएसको सिलिङ बढाएर १ सय ३० र ५० सिट रहेको बीडीएसलाई ६० पुर्‍याउने निर्णय गरेको छ।

यसरी बढाएको सिट कलेजलाई दिनका लागि मेडिकल कलेजहरूको पूर्वाधार, फ्याकल्टीसहितका आवस्यक मापदण्ड हेरी एमबीबीएस तर्फ बढीमा १ सय ३० र बीडीएसमा ६० सिट दिने निर्णय भएको हो ।

आयोगले आवस्यक मापदण्ड पूरा गरेको ठानी सिट स्वीकृत गरेको कलेज मध्ये सबैभन्दा बढी १ सय ३० सिट पाउने मेडिकल कलेजहरूमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस छ्न । त्यस्तै मणिपाल शिक्षण अस्पताल पोखराले भने १ सय २० सिटको स्वीकृति पाएको छ ।

चिकित्सा शिक्षा प्रणालीमा पारदर्शिता र सुधारको पक्षमा आन्दोलन गर्दै आएका अभियान्ता प्रा. डा. गोविन्द केसीले भने मेडिकल कलेजको सिट र शुल्क वृद्धि नगर्न चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय