आफुलाई बाघ हुँ भन्ने । जगतले बिरालो देख्ने । एउटा मनुवा छ ।

अरुको मन दुखाएर आनन्द मान्छ ।माथीसम्मा मेरो सम्बन्ध छ, भन्छ ।

एउटा मनुवा छ । उसलाई मानी दिनै पर्ने ।

एकछिन नौ रंगी भर्ने । गजक्क फुलिएर बस्ने । एउटा मनुवा छ ।

लुकेर दुरुङ भुँडी फुटने गरि हान्ने । दुरुङसंग मासु स्वाद मानी मानी हसुर्ने ।

निस्केपछि हात खेलाउदै खाइन भन्ने । एउटा असन्तोकी मनुवा छ ।

यस्ता किन बोलाउनु भनेर, नबोलाइदिदा पनि । कसैले यस्ता किन चलाउनु भनि, नचलाई दिदा पनि ।

आफै चल्ने आफै बोल्ने बदमास मनुवा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय