रतुवामाई नगरपालिकाको १८औ नगरसभा मार्फत आज आ.व २०८३/८४ को निति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख नागेश्वर प्रसाद सिंह गनगाईको सभा अध्यक्षतामा,नगर उप प्रमुख दमयान्त देवी चुडालले निति तथा कार्यक्रम र अनुमानित बजेट नगरसभामा प्रस्तुत गर्नुभएको थियो । नगरसभामा अनुमानित रु.९० करोड ५लाख १६ हजार वरावरको वजेट प्रस्तुत गरिएको थियो ।
निति तथा कार्यक्रम मार्फत रतुवामाई नगरलाई पूर्वाधार विकास,कृषि,विद्युत,पर्यटन,शिक्षा,स्वस्थ्य,युवा स्वरोजगार ,शहरी पूर्वाधार,सूचना सञ्चार, उद्योग व्यपार, विपद व्यस्थापन लक्षित वर्गको कार्यक्रममा विनियोजन गर्दै समग्र रतुवामाईको समृद्धिको लक्ष निति तथा कार्यक्रमले लिएको छ ।
नगर सभामा सदस्यहरुले निति तथा कार्यक्रममा सुझाव तथा धारणाहरु पेशगरेका थिए । सभा सचिव अर्थात् प्रमुख प्रशासकीय अधिकृत डम्मरु बल्लभ बरालले निति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय