मोरङ जिल्ला खेलकुद विकास समितिको कार्यसमिति विस्तार गरिएको छ । समितिमा नयाँ मनोनित पाँच जना सदस्यहरुले सोमबार एक विशेष कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

गत साउन २७ गते मनोनित भएका सदस्यहरूलाई प्रदेश खेलकुद ऐन २०७६ को दफा १६ उपदफा २ को खण्ड ‘ग’ बमोजिम जिल्ला अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङले मनोनयन पत्र हस्तान्तरण गरेका छन् । पत्र हस्तान्तरण लगत्तै अध्यक्ष तामाङले नयाँ सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

समितिको सदस्यमा मनोनित भई शपथ लिनेहरूमा मिक्लाजुङ–७ मधुमल्लाका सुसन खड्का, उर्लाबारी–७ का ईश्वरलाल उदास, पथरीशनिश्चरे–१ की भुमिकादेवी मगर, पथरीशनिश्चरे–१० की अनिता राई र रंगेलीका डिल्लीराम डाँगी रहेका छन् ।

कार्यक्रममा नयाँ सदस्यहरूलाई स्वागत गर्दै खेलकुद क्षेत्रको श्रीवृद्धिका लागि सक्रियतापूर्वक लाग्न आग्रह गरिएको खेलकुद विकास समितिका सदस्य सचिव श्यामहरि भट्टराईले जानकारी दिए ।

यस समिति विस्तारले जिल्लामा खेलकुदको विकास, विस्तार र खेलाडीहरूको मनोबल उच्च राख्न थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ । नव नियुक्त सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष तामाङले खेलकुद र खेलाडीको हितमा गम्भिरतापूर्वक लाग्न सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय