उर्लाबारी । कोशी प्रदेश सरकारले कोशी प्रदेश आमसञ्चार प्रतिष्ठानको अध्यक्ष, प्रदेश प्रेस रजिष्ट्रार तथा सदस्यहरू नियुक्त गरेको छ।
प्रदेश सरकारको निर्णयअनुसार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल नियुक्त भएका छन् भने प्रदेश प्रेस रजिष्ट्रारमा लिलाराज भट्टराई नियुक्त भएका छन्।
त्यसैगरी प्रतिष्ठानका सदस्यहरूमा ध्रुव ढकाल, रमेशचन्द्र अधिकारी, अर्जुन राजवंशी, रेणु पराजुली, विष्णु पोखरेल, शान्ति दाहाल र माला पालुङ्वा नियुक्त भएका छन्।
प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले उक्त नियुक्तिबारे जानकारी दिएका हुन्।
नवनियुक्त अध्यक्ष, प्रेस रजिष्ट्रार तथा सदस्यहरूले कोशी प्रदेशको सञ्चार क्षेत्रको विकास, पत्रकारिताको संस्थागत सुदृढीकरण तथा आमसञ्चारसम्बन्धी नीतिगत कार्यान्वयनमा भूमिका निर्वाह गर्ने दायित्व आएको छ।

