मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलावारीमा आगलागी हुँदा एक जना घाइते भएका छन् । शुक्रबार बिहान करिब २ः५५ बजेतिर काइली सोरेनको टिनको छानो भएको एकतले चारकोठे पक्की घरमा आगलागी भएको हो ।आगलागीमा घरभित्रका सामान निकाल्ने क्रममा सोरेनका ज्वाइँ झापाको सिमलबारीका ३५ वर्षीय रमेश मरण्डी घाइते भएका छन् । उनको ढाड र टाउकोमा आगोले पोलेको छ । उनलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे पठाइएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वीरदत्त पन्तले बताए ।
उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । आगलागीबाट घर, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, मोटरसाइकल र एक थान हाते ट्र्याक्टर जलेर नष्ट भएको छ । क्षतिको विवरण आउन बाँकी छ ।प्रहरी, स्थानीय र दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीे जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जानकारी डीएसपी पन्तले दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय