सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको साम्प्रदायिक झडपको मुख्य कारण सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचना, अफवाह र राजनीतिक नेतृत्वका विवादास्पद अभिव्यक्ति रहेको स्थलगत अध्ययन प्रतिवेदनले निष्कर्ष निकालेको छ। सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य इन्जिनियर दीपककुमार साहको नेतृत्वमा गठित समितिको प्रतिवेदनले सामाजिक सञ्जालमार्फत फैलाइएका उत्तेजक तथा अपुष्ट दाबीले तनाव थप बढाएको उल्लेख गर्दै गलत सूचना फैलाउनेमाथि कानुनी कारबाही र घटनाको निष्पक्ष छानबिन गर्न सुझाव दिएको छ।

