तेजन खड्का

काम काम काम । ब्यस्त जिन्दगी । चर्चित गायक एलपी जोशीको निधन भएको समाचार समाजिक सन्जालमा छरपष्ट भयो ।
देखे, अनि छक्क परे । ओहो बा मा , कुनै रोग शोक देख्दिन थे ।

युवा मन नेपालका पत्रकार साथी किशोर श्रेष्ठले उहाँको निजी निवाश मलाई पुर्याएका थिए । मोरङको टाँडीमा थियो साँगीतिक कार्यक्रम । सबैको सोच थियो बा बोलाउ गाउन लगाऔ सम्मान गरौ ।
झापा, दमक झापा , सायद हल्दार चौंक हुनुपर्छ ।
बालाई भेटे घरमा । घर मुनि थियो भट्टी होससेल पसल ।
बाले, भने बजाउँछौ, मैले भने , के ।
यहाँ केहि पाँउदैन गोल्डेन बर्क ।

पाउँदा खाने मान्छे नै हो म ।
नाई भन्ने कुरो भएन ।
खाईयो ।
खाने तरिकाले गएको पनि हैन ।
मलाई औधी खुशी लागेको थियो, एलपी बाँ सगको भेटेको भेट ।
उहाँले श्रीमतीको देहान्तको कथा सुनाए ।
जिस्किन रुचाउने म ।
बाँ अर्को खोजिदिम ?
हाँ हाँ हाँ ।
बाले भने, ज्यान बुढो भए नि मन बुढो हुँदैन । तर नगरौं ।
प्रशंग अर्कै थियो, टाँडीमा क्लव खोलेर सामाजिक उत्तरदाहित्व निभाउँददै थिए, साथी महेन्द्र थेगिम ।
उनकै दर्शै तिहार सागीतिक कार्यक्रममा आथित्यताका लागि बोलाउन हामी गएका थियौं ।
म औधी खुशी थिए, अग्रज सम्मानित मान्छेसँगको भेट । चलेको कालजायी गीत ।
उहाँको रुममा पुगियो, त्यहि मुनीको पसल देखी माथि ।
भित्ता भरि सम्मान पत्रका थाक ।
लाग्छ त्यो कोठा सिमेन्टले बनेको हैन ।
प्रमाण र सम्मान पत्रले ।
बाँ टाँडीमा गाडी लिएर पुग्नुभयो ।
गीत गाउँनुभयो, सम्मानित हुनुभयो ।
अस्ति भखैरै
साहित्यकार कृष्णउदाशी दाईसँग भेट भयो ।
दाईले सम्मानपत्र बनाउँदै हुँनुहुन्थियो ।
सोधे, कस्लाई सम्मान गर्न लाग्नुभएको ?
दाईले भने, एलपी जोशीको सम्मानको लागि सम्मानपत्र बनाउने जिम्मा मेरो लागि आयो ।
मैले भने, दाई उहाँलाई ताम्रपत्र सहितको सम्मान आवश्यक छ ।
नत्र भित्तामा राख्ने ठाउँ छैन ।
अहिले गायकहरुलाई सम्मान गर्ने , खास्टो दिएर फ्रिमा बोलाउने चलन रैछ ।
दाईले मौन स्वकृति जनाउनु भयो ।
निधनको खबरसँगै म भने एलपी बाले भित्ता भरी सजाउन नसकेका सम्मानपत्र बोराबाट निकालेको सम्झिरहे ।
लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद एलपी जोशीको ८८ वर्षको उमेरमा निधन भयो।

उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए ।

२०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए ।

‘रिटिङ रिटिङ‘ उनको सबैभन्दा हिट गीत हो । ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो’ गीतसमेत चर्चित छ ।
चल्दा मानिसहरु राजधानी केन्दित हुन्छन् । तर एलपी बा यस्ता गायक हुन्, जो मोफसललाई राजधानी बनाउँन चाहान्थे ।
जो काठमाडौं हैन, झापाको दमकमा केन्द्रित थिए ।
उनी सबैको सम्माननिय र आथित्यता रुचाउने ।
एलपी बा को गीत युगयुगान्तर रहोस ।
विसं १९९३ मा धनकुटा बजारमा जन्मनुभएका गायक जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो । उनले ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’ लगायत दर्जनौँ कालजयी गीत गाएका छन । पूर्वेली लोकभाका उनी गीत गाउथे। ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीत २०१७ सालमा रेकर्ड भएको थियो ।

उनी चित्रकार र अभिनेता पनि थिए । चलचित्र ‘हिजो आज भोलि’मा उनले नायिका भुवन चन्दसँग नायकको भूमिकामा अभिनय गरेका थिए। उनले नौवटा चलचित्रमा अभिनय गरेका थिए।

उनी घाँस दाउरा गर्ने भुइँमान्छेहरुको भावना टपक्कै टिपेर सङ्गीतको लयमा ढाल्थे ।

विसं २०१३ मा उनको पहिलो गीत ‘नेपालको माया।।।।’ रेडियो नेपालमा रेकर्ड भएको थियो । नेपाली मौलिक गीतहरुको खोजमा मुलुकका सयौँ गाउँबेँसीहरु घुम्नु भएको र नेपाली लोकसङ्गीतको भण्डारलाई समृद्ध बनाउन योगदान पुर्याउनुभएका उहाँलाई देशभित्र र प्रवासमा सयौँ पुरस्कार प्राप्त भएको थियो । विसं २०५३ मा म्युजिक नेपालबाट उहाँको ‘रिटिङ रिटिङ’ नामक एकल गीति एल्बम बजारमा आएको थियो ।
र अन्त्यमा , मृत्यु सबैको हुन्छ , ढिलो चाडो न हो । उनकै । लोकप्रिय गीतमा मैले पनि थपे ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो
बा लाई हामी माझबाट स्वर्गमा हिनायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय