मोरङ । उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा आगामी भदौ २७ देखि ३० गते सम्म मोरङको कटहरीको कृषि थोक बजार परिसरमा वृहत ‘कृषि एक्स्पो’ हुने भएको छ । कृषि, उद्योग तथा पशुपंछीको वृहत प्रदर्शनीसमेत रहने एक्स्पोमा उर्लाबारीका कृषकहरुको उत्पादन तथा सहभागिता गराउन नगरपालिका नगर प्रमुख गंगाप्रसाद खरेललाई आग्रह गर्दै निमन्त्रणा पत्र र प्रचार सामग्रीहरु हस्तान्तरण गरिएको छ । उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य प्रितम खड्गीले सामग्री हस्तान्तरण गर्दै नगरपालिकाका प्रमुखकोसाथ सहयोग रहने अपेक्षा व्यक्त गरेका छन् । विगतमा काठमाडौं र चितवनमा मात्र सीमित र कृषि एक्स्पो पहिलोपटक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गर्न लागेको खड्गीले जानकारी दिएका छन् । एक्स्पोमा कृषिका नवीनतम प्रविधि, कृषि व्यवसायका उत्पादन, पशुपंक्षीका दाना, भेटनरी लगायतका वस्तुहरुको प्रदर्शनी हुनका साथै कृषि विज्ञसँग प्यानल डिस्कसन, विटुवी छलफल लगायत कार्यक्रम हुने छ। एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरु आएर परामर्श दिने कार्यक्रम रहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय