उर्लाबारी/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ विरुद्ध मोरङको उर्लाबारीमा शक्ति प्रदर्शन गरिएको छ । मंगलबार कार्यकर्ता एवम समर्थकहरुले नगर परिक्रमा गर्दै उर्लाबारीको हाटखोला देखि बरगाछी हुदै पुन चोकमा आएर पक्राउको विरोध गरिएको हो ।
जिल्लाका नेतादेखि रतुवामाई मिक्लाजुङ र उर्लाबारीका कार्यकर्ता उतारेर लामिछाने पक्राउको बिरोध गरेको थियो । विरोध प्रदर्शपछिको कोणसभामा पार्टीका जिल्ला सह संयोजक भरत कडेल उर्लाबारीका नगर सभापती उमेशजंग थापा मिक्लाजुङका सभापति नन्द कुमार तामाङ लगायतले सम्बोधन गरेका थिए ।कार्यक्रममा रास्वपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगन थापाविरुद्ध चर्को नारा लगाएका थिए । प्रदर्शनकारीहरुले ‘दलाल माफियाहरु होसियार’, ‘भ्याट छल्नेहरुलाई कारबाही गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘भ्रष्टहरूलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘केपी ओली मुर्दावाद’, ‘रवि दाइ हाइ हाइ’ जस्ता नारा लगाएका थिए । प्रदर्शनका क्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्धको प्लेकार्ड देखाएका थिए । शुक्रबार रबिलाई काठमाडौँबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेर सडकमार्ग हुँदै शनिबार बिहान कास्की पुर्याईएको छ । रास्वपाले आफ्नो सभापति पक्राउ परेको विरोधमा काठमाडौँ पोखरा लगाएत देशका विभिन्न स्थानहरुमा प्रदर्शन गर्दै आएको छ ।

