उर्लाबारी । उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव २०८१ को उद्घाटन समारोहमा स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले अतिथिहरुलाई मकैको खोसेलाबाट तयार गरिएका ब्याजहरू लगाइयो। उद्योग वाणिज्य संघ उर्लाबारीको पहलमा नरमाया हस्तकला उद्योगद्वारा उत्पादित यी ब्याजहरू विशेष रूपमा महोत्सवका अतिथिहरूलाई प्रदान गरियो।
स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै हस्तकला उद्योगलाई प्रवर्धन गर्ने प्रयासस्वरूप महोत्सवमा कोसेलाका ब्याजहरू प्रमुख आकर्षण बने। उद्घाटन कार्यक्रममा संघका पदाधिकारीहरूले उर्लाबारीकै उद्योग र उद्यमशीलताको प्रवर्धन गर्न यस्ता पहलहरू आवश्यक रहेको बताए।
महोत्सवमा कृषि, उद्योग, पर्यटन तथा स्थानीय उत्पादनका विविध स्टलहरू राखिएको छ, जसले उर्लाबारीको व्यवसायिक तथा सांस्कृतिक पहिचानलाई उजागर गर्ने विश्वास गरिएको छ। आयोजकहरूले महोत्सवभर स्थानीय उद्यमशीलतालाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय