दिलिप पोखरेल
मध्यरातमा निर्माणाधिन कल्भर्टमा ठोक्किएर दुर्घटना हुदा उर्लाबारीका मनिस लिम्बुको मृत्यु भएको छ । राती करिव साडे १२ बजे पूर्वबाट पश्चिमतर्फ स्कुटरमा सवारी भई जाने क्रममा महेन्द्र राजमार्गअन्तर्गत उर्लाबारी -३ नया मंगलबारेस्थित निर्माणाधिन कल्भर्टमा ठोक्किएर दुर्घटना हुदा उर्लाबारी ८ का २८ वर्षिय लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
प्रहरीकाअनुसार निर्माणाधिन कल्भर्ट छेउमा रहेको डाईभर्सन थाहा नहुदा उनी सिधै कल्भर्टमा ठोक्किएका थिए । दुर्घटनाबाट घाईते भएका लिम्बुलाई तत्काल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको थियो । प्रहरीकाअनुसार उनको चिउडो र छातीमा चोटपटक देखिएको थियो । उनको ट्रमा सेन्टरमा उपचार सम्भव नभएपछि विराटनगरस्थित नोवेल अस्पताल रिफर गरिएको उर्लाबारी प्रहरीले जनाएको छ ।
नोवेलमा उपचारकै क्रममा उनको बुधबार विहान करिव ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय एशियन हाईवे बन्ने क्रममा असुरक्षित रूपमा छाडिएको निर्माणस्थलकै कारण दुर्घटना बढ्दै गएको छ । निर्माणस्थलमा उच्च सतर्कता नअपनाउदा र डाईभर्सनबारे चालकलाई जानकारी नहुदा सवारी दुर्घटनामा परि अकालमै धेरैले ज्यान गुमाउनुपरेको छ । यसबारे निर्माण व्यवसायी र सरोकारवालाले गम्भिर भई सोच्न आवश्यक देखिन्छ।
दुर्घटनामा परि अल्पायुमै मृत्यु भएका उर्लाबारीका युवा मनिस लिम्बुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

